काठमाडौं । निर्वाचनमामा सवारीसाधनको प्रयोग बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खपत दोब्बर भएको छ ।
आयल निगमको बागमती प्रादेशिक कार्यालयका अनुसार सोमबार मात्र उपत्यकामा पेट्रोल १३ लाख ३९ हजार लिटर वितरण भएको छ । यो सामान्य अवधिको तुलनामा दोब्बर हो ।
उपत्यकामा सामान्य अवस्थामा दैनिक ६ लाखदेखि सात लाख लिटर पेट्रोल खपत हुने गरेको छ । निर्वाचनका कारण सवारीसाधनको चहलपहल बढेकाले खपत पनि बढेको हो ।
आइतबार पनि पेट्रोल १६ लाख ५० हजार लिटर वितरण भएको थियो । आइतबार दिउँसोदेखि रातिसम्म उपभोक्ताहरू पेट्रोलपम्पमा लाइन लागेर तेल लिन बाध्य भएका थिए ।
लाइन हटाउन पेट्रोल पम्पलाई जतिसक्दो धेरै तेल उठाउन निगमले सोमबार बिहानै ताकेता गरेको थियो ।
