शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

निर्वाचन नजिकिँदै जाँदा मतदानका लागि गाउँबस्ती फर्किनेको लर्को

काठमाडौं । लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव निर्वाचन नजिकिँदै जाँदा मतदानलाई आफ्नो जिम्मेवारी ठानेर काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ ।

मतदान, होली पर्व र लगातार सार्वजनिक बिदा एकैपटक परेकाले  गाउँ फर्किएका हुन् । मतदानका लागि विदेशबाटसमेत उल्लेख्य मात्रामा नेपाल फर्किएका छन् ।

पछिल्लो एक सातामा तीन लाख ४९ हजार ६९५ मानिस काठमाडौंबाट बाहिरिएका छन् । फागुन १४ गतेदेखि उपत्यका छाड्नेको संख्या बढ्न थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार पनि बिहानैदेखि मतदाता बाहिरिएका छन् । यो क्रम बुधबारसम्म चल्नेछ । बिहीबार निर्वाचन हुँदैछ । बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

पछिल्लो समय लाखौ यात्रु बाहिरिदाँ साढे ३८ हजार यात्रु भने उपत्यका भित्रिएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज