शुक्र, कार्तिक ७, २०८३
19.1 C
Kathmandu

निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लाका निर्वाचनस्थलमा खटिए सुरक्षाकर्मी

काठमाडौं । निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लाका निर्वाचनस्थलमा सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी फिल्डमा खटिएका छन् ।

गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन आयोगले देशभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । जसमा निर्वाचन केन्द्र भने २३ हजार ११२ छन् ।

उक्त निर्वाचनस्थल सुरक्षाका लागि गृहले संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

अतिसंवेदनशीलमा न्यूनतम १३ देखि ८० जनासम्म सुरक्षाकर्मी परिचालन गरेको छ । त्यस्तै, संवेदनशीलमा ९ र सामान्यमा ६ सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रहरीका अनुसार ८० सुरक्षाकर्मी परिचालन गरिएका निर्वाचनस्थल १३ वटा छन् । धेरै मतदाता भएको र सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिएको स्थलमा अन्यको तुलनामा धेरै सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज