मङ्ल, कार्तिक ११, २०८३
16.1 C
Kathmandu

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी फ्रन्टको चेतावनी

काठमाडौं । नेपाल जेनजी फ्रन्टले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । फ्रन्टले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए पुनः सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

‘निर्वाचन नभई गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले भदाै २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी यही अन्तरिम सरकारले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई न्यायोचित कारबाही गर्ने प्रक्रिया अघि बढाउनेछ भन्ने अपेक्षा हाम्रो थियो,’ फ्रन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर पछिल्लो समय आयोगको म्याद पटकपटक थपिँदै जानु र निर्वाचनपछि फागुन २१ गतेसम्मका लागि म्याद थप गरिएको अवस्थाले हामीलाई गम्भीर रूपमा चिन्तित बनाएको छ।’

जेनजी आन्दोलन न्यायको पहिलो माग भएको उल्लेख गर्दै फ्रन्टले न्याय ओझेलमा परे फेरि सडकमा आउन बाध्य हुने चेतावनी दिएको छ ।

आसन्न निर्वाचनबाट बन्ने नयाँ सरकारले प्रतिवेदनको स्वामित्व लिई दोषीलाई कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र दण्डहीनताको अन्त्य गर्नुपर्ने भन्दै फ्रन्टले सम्पूर्ण राजनीतिक दलहरूको समेत ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज