काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर-८ खेलमा न्युजिल्यान्डले घरेलु टोली श्रीलंकालाई ६१ पराजित गरेको छ।
न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो।
१६९ रनको लक्ष्य पछ्याएको सहआयोजक श्रीलंकाको सुरुवात नै खराब रह्यो।
न्युजिल्यान्डका बलरहरूको सटिक बलिङ अगाडि श्रीलंकाका ब्याटरहरू टिक्न सकेनन्। श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर मात्र १०७ रन बनाउन सक्यो।
यो हारसँगै श्रीलंकाको सेमिफाइनल पुग्ने सबै ढोकाहरू बन्द भएका छन्। सुपर-८ को ग्रुप २ बाट श्रीलंका अब औपचारिक रूपमै विश्वकपको दौडबाट बाहिरिएको छ।
यो जितले न्युजिल्यान्डलाई अंक तालिकामा मात्र फाइदा पुर्याएको छैन, बरु उनीहरूको सेमिफाइनल पुग्ने सम्भावनालाई निकै बलियो बनाएको छ।
