काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङम दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
आइतबार राति करिब साढे १ बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ ।
