बिहि, कार्तिक १३, २०८३
17.1 C
Kathmandu

फागुन २१ को निर्वाचन, चार हजार ६०० मतदानस्थल अतिसंवेदनशील

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि हालसम्म मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । जसमा निर्वाचन केन्द्र २३ हजार ११२ निर्धारण भएका छन् । तर, सुरक्षा संयन्त्रले मुलुकभर ११ हजार ९०१ क्षेत्रलाई निर्वाचनस्थल मानेको छ । सोही आधारमा उनीहरूले सुरक्षा संवेदनशीलता विश्लेषण गरेका छन् । यस क्रममा कतिपय निर्वाचन केन्द्रलाई निर्वाचनस्थलकै हाराहारीमा सुरक्षाकर्मी खटाउनुपर्ने भएकाले यस्तो गरिएको हो । सोही कारण उनीहरूको तथ्यांकमा निर्वाचनस्थलको संख्या बढी हुन पुगेको हो ।

यस आधारमा अतिसंवेदनशील निर्वाचनस्थलको संख्या ४६ सय १४ पुगेको छ । जुन कुल मतदानस्थलको ३८.७६ प्रतिशत हो । त्यसमध्ये बागमती र मधेश प्रदेशको मात्रै क्रमशः एक हजार २८८ र एक हजार २४६ गरी कुल दुई हजार ५३४ छ । यो कुल अतिसंवेदनशील स्थलको ५४.९१ प्रतिशत हो । अतिसंवेदनशीलमध्ये बाँकी ४५.०८ प्रतिशत अर्थात् दुई हजार ८० भने बाँकी प्रदेशका निर्वाचनस्थल छन् । जसअन्तर्गत उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् ।

त्यस्तै, चार हजार ४४२ मतदानस्थल सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा २३७, कोशीमा ८२१, मधेसमा ७५५, बागमीतमा ४९७, गण्डकीमा ५७७, लुम्बिनीमा ७३८, कर्णालीमा ४२२ र सुदूरपश्चिममा ३९५ छन् । बाँकी दुई हजार ८४५ स्थल भने सामान्य छन् । बाँकी दुई हजार ८४५ मतदानस्थल भने सामान्य मानिएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज