बिहि, कार्तिक ६, २०८३
19.1 C
Kathmandu

प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको नामावाली प्रकाशित गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको नामावाली बिहीबार प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको थियो । उजुरीबारे जाँचबुझ गरी नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै, शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

शुक्रबार नै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिंगी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ । यसपटक करिब एक करोड ९० लाख मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज