बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

डाभोस पुगेर ट्रम्पले भने–डेनमार्कबाट ग्रिनल्यान्ड प्राप्त गर्न तत्काल वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कबाट ग्रिनल्यान्ड प्राप्त गर्न तत्काल वार्ता चाहेको बताएका छन् ।
डाभोसमा भएको विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले ग्रिनल्यान्ड, नेटो र युरोपलगायतका विषयमा आफ्नो धारणा राखेका हुन् ।

अमेरिकाले मात्रै ग्रिनल्यान्डलाई जोगाउन सक्ने उनको दाबी छ । सम्बोधनको क्रममा ट्रम्पले पटक पटक ग्रिनल्यान्डको विषय उल्लेख गरेका थिए । उनले आफू बल प्रयोगको पक्षमा नरहेको पनि दाबी गरे ।

ग्रिनल्यान्ड अमेरिकाको हुँदा नेटोलाई हानी नपुग्ने उनले जिकिर गरे । उनले युरोप सही दिशामा अगाडि नबढेको पनि औल्याएका छन् । बढ्दो सरकारी खर्च, अनियन्त्रित सामूहिक बसाइँसराइ र अनन्त विदेशी आयात मुख्य कारण रहेको उनले बताए ।

ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाले आर्थिक चमत्कार गरेको पनि दाबी गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज