काठमाडौं । शुक्रबारबाट माघेझरी सुरू हुने मौसमविदहरूले आकलन गरेका छन् । शुक्रबारदेखि पश्चिमबाट पानी पार्ने वायु भित्रने मौसमविदहरूले बताएका छन् ।
पश्चिम नेपालमा राम्रै वर्षा हुने भए पनि काठमाडौंमा भने छिटपुट मात्रै वर्षा हुने सम्भावना देखिएको छ । पूर्वी नेपालको हिमाली भेगमा हल्का हिमपात मात्रै हुने प्रक्षेपण गरिएको छ ।
माघ १३ गतेसम्म पश्चिमी वायुले पानी पार्ने सम्भावना रहेको आकलन गरिएको छ । यसपटक हिउँदयाममा पानी परेको छैन ।
सामान्यतया मंसिर १६ देखि फागुन १६ गतेसम्मको हिउँद अवधिमा ६० दशमलव १ मिलिमिटर पानी पर्नुपर्नेमा अहिलेसम्म शून्य मिलिमिटर वर्षा भएको छ ।
हिउँद सुरू भएयता पानी नै नपरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो समय चिसो घट्न थालेको छ ।
