शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

सरकार छाडेर यि चार मन्त्री बने उम्मेदवार, चारैजनामाथि उठ्यो प्रश्न, फैसला जनताले गर्ने

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य दायित्व निर्वाचन गराउनु भए पनि सोही सरकारका चार मन्त्री बिचमै राजीनामा दिएर उम्मेदवार बनेका छन् ।

नागरिक सरकारमा मन्त्री बनेपछि जिम्मेवारी बिचैमा छाडेर उनीहरू उम्मेदवार बनेका हुन् । जिम्मेवारी पुरा गरी पदका लागि मरिहत्ते गरेको भन्दै उनीहरूमाथि प्रश्न उठेको छ ।

ऊर्जामन्त्रीबाट राजीनामा दिएर उज्यालो नेपालको नेतृत्व लिएका कुलमान घिसिङ काठमाडौं ३ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सिराहा १ बाट रास्वपा उम्मेदवार बनेका छन् ।

सोमबार मात्रै राजीनामा दिएका सञ्चारमन्त्री जगदीश खरेल ललितपुर २ बाट रास्वपाबाट उम्मेदवार बनेका छन् ।

धेरैले अनुमान नै नगरेका शिक्षामन्त्री महावीर पुन पनि उम्मेदवार बनेका छन् । मंगलबार एकाएक राजीनामा दिएर म्याग्दी पुगेका उनले त्यहीँबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज