शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

देशभर शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता, ३४८४ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । आगामी २१ फागुनको प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचनका लागि मंगलबार एकै चरणमा देशभर शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । १६५ वटै निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कुल ३,४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीमध्ये ३,०८८ पुरुष, ३९५ महिला र एकजना अन्य छन् । राजनीतिक दलका तर्फबाट २,२९७ जना उम्मेदवार दर्ता हुँदा २,०६८ पुरुष, २३५ महिला र एक अन्य छन् । स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ रहेको छ, जसमा १,०२४ पुरुष र १६० महिला छन् ।

उम्मेदवारको उमेर समूह हेर्दा २५–३५ वर्ष उमेरका ५८३ ९५१२ पुरुष, ६७ महिला, १ अन्य०, ३५–५० वर्ष उमेर समूहका १,६१० ९१,३७५ पुरुष, २३५ महिला०, ५१–६५ वर्ष उमेर समूहका १,०९० ९१,००० पुरुष, ९० महिला० र ६५ वर्षभन्दा माथिका २०१ जना ९१९८ पुरुष, ३ महिला० छन् ।

प्रमुख दलका शीर्ष नेताहरूले प्रत्यक्ष उपस्थिति वा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । विघटित प्रतिनिधिसभाको ठुलो दल कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले झापा ५ पुगेर स्वयं निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट स्वयं उपस्थित भई उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा एमालेका अजय गुप्ता र कांग्रेसका अनिल झा पनि उम्मेदवार बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जिल्ला अदालत पर्सामा बयानका लागि उपस्थित हुनुपरेकाले चितवन २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन शाहले झापा ५ बाट उम्मेदवारी दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वप्रधानमन्त्री एवं प्रलोपा नेता डा। बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ बाट उम्मेदवार बनेका छन् भने जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट उम्मेदवार बनेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज