शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

सँधै जित्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्।

‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु’ उनले भनेका छन्।

देउवाले डडेल्धुराबाट सँधै निर्वाचित जित्दै आएका थिए । विशेष महाधिवेशनबाट गगन थापालाई निर्वाचन आयोगले आधिकारिता दिएपछि देउवा चुनाव नलड्ने निष्कर्षमा पुगेका हुन् ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज