काठमाडौं । दलीय गतिविधिमा लागेर नागरिक सरकारमा बसिरहेको भन्दै चौतर्फी आलोचना भएपछि उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । उज्यालो नेपाल पार्टी गठनमा सक्रिय भएर लागेका कुलमान घिसिङले पछिल्लो समय रास्वपाको उपसभापति बन्ने सहमति गरेका थिए ।
कुलमान घिसिङसँगकै सहमतिमा रास्वपा र उज्यालो नेपाल पार्टी एकताको सहमति भएको थियो । यद्यपि, उज्यालो नेपाल पार्टी र रास्वपाबीच मतभेद भएको छ । यस्तो अवस्थामा सार्वजनिक रुपमा आफू कुनै पनि पार्टीको सदस्य नभएको बताएपछि घिसिङको चौतर्फी आलोचना भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई नागरिक सरकारमा दलको नेता रहन नसक्ने भन्दै राजीनामा दिन भनेकी थिइन् ।
घिसिङले राजीनामा दिए पनि खरेल र गुप्ताले राजीनामा दिएका छैनन् । रास्वपाको राजनीतिमा सक्रिय खरेल र गुप्तामाथि नैतिक प्रश्न उठेको छ । यद्यपि, उनीहरूले आफूहरू दलीय राजनीतिमा नलागेको बताएका छन् ।
