सोम, कार्तिक २४, २०८३
15.1 C
Kathmandu

रवि र बालेनबीच सातबुँदे सहमति, बालेन भावी प्रधामन्त्रीको उम्मेदवार

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जाने सहमति भएको छ । उनीहरूबीच ७ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार रास्वपाको नेतृत्वमा बालेनले रविलाई स्वीकार गरेका छन् । रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपालको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उल्लेख छ ।

आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै दुवै पक्ष एकताका लागि सहमत भएको उल्लेख छ ।

सहमतिपको पहिलो बुँदामा जेन–जी आन्दोलनको अपनत्व लिने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज