सोम, कार्तिक २४, २०८३
18.1 C
Kathmandu

फागुन २१ को निर्वाचनमा उम्मेदवारी नदिने कांग्रेस महामन्त्री शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले आफूले उम्मेदवारी नदिने बताएका हुन्। ‘हिजो झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामै भनेको छु,’ महामन्त्री शर्माले भने।

उनले तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नहुने बताएका छन्। ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु,’ उनले भने, ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ।’

महामन्त्री शर्माले २०७० को संविधानसभा निर्वाचनमा एमालेका रवीन कोइरालासँग पराजय व्यहोरेका थिए भने २०७४ मा वाम गठबन्धनका राम कार्कीसँग पराजय व्यहोरेका थिए । २०७९ मा भने उनले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए।

 

सम्बन्धित समाचार

ताजा न्यूज