सोम, कार्तिक २४, २०८३
18.1 C
Kathmandu

महाधिवेशनमा हारेपछि पार्टी छाडेका कमल थापा हन्डर खाएर राप्रपामै फिर्ता

काठमाडौं । राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच एकतासम्बन्धी हस्ताक्षर भएको छ। सहमतिअनुसार दुवै दलबिच राप्रपाको नाम, चुनाव चिह्न र झन्डालाई स्वीकार गर्ने सहमति भएको छ।

आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरि राप्रपामा फर्किएका छन् । बुधबार थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गर्ने सहमति गरेसँगै गत महाधिवेशनमा ‘सरप्राइज’ हारपछि चिढिएर पार्टी नै छाडेर हिँडेका थापा ४ वर्षछि पुनः आफ्नो पुरानो घर फर्किएका हुन् ।

धुम्बाराहीस्थित राप्रपा कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । थापा उनै हुन्, जसले २०६२/०६३ सालको जनआन्दोलनपछि कठिन समयमा राप्रपा नेपाल बनाएर राजतन्त्र पुनस्र्थापनाको एजेण्डा अघि सारेका थिए । थापाले पछि पशुपति शमशेर राणालगायतका राप्रपा धारलाई एकतामा ल्याएर एकीकृत राप्रपा बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

तर २०७८ मङ्सिरमा राप्रपाको महाधिवेशन हुँदा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग उनै थापा अप्रत्याशित रूपमा पराजित भएका थिए । कमल थापाले त्यसलाई सहजै स्वीकार गर्न सकेनन् ।

उनले हारको झोँकमा निर्मल निवास र पूर्वराजाले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाए । त्यही आक्रोशमा थापाले २०७८ माघ २५ गते आफूले जीवनभर बोकेको राजतन्त्रको एजेन्डा र पार्टी दुवै परित्याग गरेको घोषणा गरे ।

पार्टी छाड्नुअघि थापाले दरबारबाट भएको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई आग्रह गरेका थिए । तर त्यसमा लिङ्देन तयार भएका थिएनन् । त्यतिबेला लिङ्देनले हारको रन्कोमा थापाले दरबारलाई अनावश्यक आरोप लगाएको टिप्पणी समेत गरेका थिए ।

राप्रपाबाट अलग भएपछि थापाले राप्रपा नेपाललाई पुनर्जागृत गरे । सो अघि नै पार्टी नफुटाउने भनेर गीताको कसम खाएकाले थापाले पार्टी परित्याग मात्रै गरेर आफ्नै किसिमले राप्रपा नेपाल बनाएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज