मङ्ल, अशोज ६, २०८३
28.1 C
Kathmandu

एमाले महाधिवेशन लम्बियो, मंगलबार मात्रै निर्वाचन, दुई पक्षीय भिडन्त

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत सोमबार पनि बन्द सत्र जारी रहनेछ।

शनिबारदेखि सुरू भएको महाधिवेशनमा आइतबारदेखि सुरू भएको बन्द सत्र सोमबार पनि जारी रहनेछ।

आइतबार पार्टीको निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ। जसअनुसार सोमबार उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दराखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ।

प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ।

उजुरी उपर छानबिन र निर्णय दिउँसो ३:१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३:१० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ।

महाधिवेशन अन्तर्गत मतदान पुस १ गते हुनेछ। एमालेको ११ औं महाधिवेशन मंसिर २९ सम्म हुने तय भएको थियो।

यद्यपि बन्द सत्र लम्बिँदा महाधिवेशन पनि लम्बिने भएको हो।

जारी महाधिवेशनमा नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित समाचार

ताजा न्यूज