शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

सिंहदरबारभित्रै ‘जेनजी सहिद योद्धाहरूका सालिक’ बन्ने, गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन परिसरभित्र निर्माण गरिने ‘जेनजी सहिद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन गरेका छन्।

जेनजी सहिद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धता बुझ्न र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा त्यहाँ पुगेका हुन्।

गत भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय गरेको थियो भने कार्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी र ३ प्रहरीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

भवनको निरीक्षण गर्नु हुँदै मन्त्री अर्यालले निर्माण हुँदै गरेका भवनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षहरूको प्रगति तथा प्राविधिक पक्षसमेत बुझेका थिए।

सोही क्रममा मन्त्री अर्यालले संसद् भवनको भौतिक प्रगतिबारे स्थलमा उपलब्ध भएका इन्जिनियरहरूसँग जानकारीसमेत लिएका थिए। उनले संसद् भवनभित्र बन्दै गरेका अन्य प्राविधिक र प्रशासनिक भवनहरूको पनि निरीक्षण गरेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज