शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

उनीसँगै पक्राउ परेका प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

उनका अनुसार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर १७ गते उनीहरूविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो। यी सात प्रतिवादीविरूद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँविरूद्ध बिगो कायम गरेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज