शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

जेनजी आन्दोलनको क्रममा अदालतमा ९ लाख ३३ हजार मुद्दाका मिसिल जले

काठमाडौं । प्रदर्शनकारीले २४ भदौमा विभिन्न अदालतमा आगजनी र तोडफोड गर्दा करिब ९ लाख ३३ हजार मुद्दाका मिसिलसमेत नष्ट भएका छन् । आगजनी र तोडफोड गरिएका सबै अदालतमा गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेका छन् ।

काठमाडौं जिल्ला अदालतमा रहेका नक्कली भुटानी शरणार्थी, सिभिल सहकारी, ललिता निवासमा लिखत किर्ते, बाल मन्दिर जग्गा प्रकरण, ६१ किलो सुन तस्करीजस्ता चर्चित मुद्दाका मिसिल नष्ट भएका छन् ।

सर्वोच्च अदालतको प्रारम्भिक विवरणअनुसार सर्वोच्चको संवैधानिक इजलासका फाइल, अभियान फाँटका मुद्दा पनि जलेका छन् ।

उच्च र जिल्ला तहमा चालु मिसिल ६ हजार ५ सय ३३ र तहसिलतर्फका ४ हजार १ सय ८५ थान मिसिल गुमेका छन् । अभिलेखतर्फ ७ लाख ६ हजार ७१ थान मिसिल नष्ट भएका छन् । सबैभन्दा धेरै क्षति काठमाडौं जिल्ला अदालतमा भएको छ । काठमाडौं जिल्ला अदालतमा अभिलेखका ४ लाख मिसिल र चालुका ४ हजार मुद्दाका फाइल जलेका छन् ।

प्रदर्शनकारीले २४ भदौमा १० जिल्ला अदालत र ७ उच्च अदालतलाई निसाना बनाएका थिए । काठमाडौंका साथै चितवन, कास्की, सप्तरी, बाँके, रूपन्देही, पर्सा, मकवानपुर र कपिलवस्तु जिल्ला अदालतमा आक्रमण भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलास, विराटनगर, जनकपुरको अस्थायी इजलास, राजविराज, हेटौंडालगायतमा समेत तोडफोड र आगजनी भएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज