शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट, क्रिकेटका महारथी देशसँग खेल्ने ढोका खुल्यो

काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको छ ।

एसिया तथा एसिया प्यासिफिकतर्फबाट छनोटसँगै नेपाललाई विश्वकपका महारथी देशसँग खेल्ने ढोका पनि खुलेको छ । विश्वकपमा २० टोली खेल्नेछन् ।

नेपाल लगातार दोस्रोपटक आइसिसी पुरुष टी–२० विश्वकपमा छनोट भएको हो । समग्रमा नेपाल तेस्रोपटक विश्वकप खेल्दै छ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।

सन् २०१४ मा नेपालले पारस खड्काको कप्तानीमा विश्वकपमा स्थान सुरक्षित गरेको थियो भने एक दशकपछि पुनः विश्वकपमा छनोट हुँदा रोहित पौडेल कप्तान थिए । अहिले पनि उनै पौडेलको कप्तानीमा नेपाल विश्वकपमा छनोट भएको छ ।

पछिल्लो खेलमा ओमानलाई ३८ रनले हराउँदै अपराजित यात्रा कायम राखेको नेपाल छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ । नेपालले अन्तिम खेल सामोआसँग खेल्ने तालिका छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकपमा लगातार दोस्रोपटक छनोट देशका लागि गौरवको विषय भएको बताए । विश्वकपमा छनोटले चुनौती पनि बढाएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज