काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छिन् ।
मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगिएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तार गरेर काममा तीब्रता ल्याउने सोच प्रधानमन्त्री कार्कीको छ ।
जेनजीका प्रतिनिधिले आफ्नो तर्फबाट मन्त्रीका लागि प्रस्तावित नामहरू पठाइसकेका छन् । प्रधानमन्त्री कार्कीले अन्तिम निर्णय गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।
सरकारलाई समावेशी तथा जेनजीको प्रतिनिधिमूलक बनाउने प्रयासस्वरूप मन्त्रिपरिषद् विस्तारमा केही ढिला भएको पनि प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।
अघिल्लो शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले गत सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन्।
कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गरिसकेकी छिन् ।
मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन सकेको छैन । वरिष्ठ संविधानविद भिमार्जुन आचार्य र वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले मन्त्री मन्त्र अस्वीकार गरेका छन् । उनीहरूले आफ्नो पेशामै समय खर्चिने बताएका छन् ।
