शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

देशभर २२ जनामा देखीयो हैजा

काठमाडौं । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौंमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते टेकु अस्पताल ल्याएको थियो । उनको परीक्षण गर्दा ७ साउनमा गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा देखिएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ ।

यसैगरी, काठमाडौंको टोखा नगरपालिकाका १ जनाको दिशा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपलिका–१ का ७ जनामा हैजा पुष्टि भएको छ । काठमाडौं उपत्यकाका ललितपुर, काठमाडौँ र कैलालीमा देखिएको हैजा एक अर्कासँग सम्बन्धित नरहेको पाइएको छ ।

बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज