मङ्ल, कार्तिक ४, २०८३
23.1 C
Kathmandu

नाबालिगको डिम्ब कारोबार प्रकरण, डा. नूतन शर्माको भूमिका के ?

काठमाडौं । अवैध रूपमा नाबालिगको डिम्ब कारोबारमा जोडिएकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मा ठाकुरमाथि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान थालेको छ । काउन्सिलले १२ साउनमा उनलाई स्पष्टीकरण सोधेर पत्र काटेको थियो । तर, त्यसको चित्तबुझ्दो जवाफ नआएको भन्दै काउन्सिलले बोलाएरै सोध्ने तयारी गरेको छ ।

काउन्सिलका अनुसार डा. शर्माले आफूमाथि लागेका आरोप ढाकछोप गर्ने गरी शुक्रबार लिखित जवाफ पठाएकी छिन् । उनले नियमअनुसार उमेर पुगेकाहरूको डिम्ब कारोबार गरे पनि १६ वर्षीया नाबालिगको डिम्ब कारोबार नगरेको दाबी गरेकी छिन् ।

काउन्सिलले डा. शर्मालाई गत १२ साउनमा सात दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभए चिकित्सा पेसा नै गर्न नपाउने गरी कारबाही गर्ने चेतावनीसमेत पत्रमा उल्लेख थियो ।

काउन्सिलले यसअघि ०७९ मा तीन महिनासम्म डा. शर्माको मेडिकल लाइसेन्स निलम्बनसमेत गरेको थियो । अल्का अस्पताल र नर्भिक अस्पतालमा काम गर्दा पनि उनी यस्तै मुद्दामा मुछिएकी थिइन् । त्यति वेला पनि मिलेमतोमा उम्काएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज