बिहि, कार्तिक ६, २०८३
25.1 C
Kathmandu

बाबा मेरो प्यारो बाबा ।

बाबा मेरो प्यारो बाबा ।
हजुर मेरो आस्थाको धरोहर
मेरो बिस्वाशको धरारा
हजुरको आशिर्वाद सदेव
मेरो शिर माथि छ ।
सुख शान्ति र सँमृधीको हजुरको कामनाले
मलाई सधै सफलताको
गोरेटोमा दौढाईरहन्छ ।
बाबा मेरो प्यारो बाबा
मेरो मुटु भन्दा नी प्रिय
हजुर मेरो बाबा
हजुरको आकाश जस्तो बिशाल छातीमा
म निर्धक्क रमाऊन सक्छु ।
बाबा मेरो प्यारो बाबा
मेरा हरेक आपत विपतमा
म हजुरको सुरक्षाको अॅगालोमा हुन्छु
मेरा हरेक खुःसीमा,म भन्दा ज्यादा
खुःसी भई हजुर धपक्क बलेको देख्छु
मेरा हरेक दुःखहरूलाई
मेरा सामु निमत्याउनु अगावै
हजुर आतुर रहेको देख्दछु ।
बाबा मेरो प्यारो बाबा
मेरो मुटु भन्दा नी प्रिय बाबा
हजुर अँमृत भन्दा नी प्रिय बाबा ।

सम्बन्धित समाचार

ताजा न्यूज