आइत, कार्तिक २३, २०८३
12.1 C
Kathmandu

प्रचण्डको आरोप–राज्य विवेकहीन, अराजक र निरङ्कुश बन्दै गयो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरङ्कुश बन्दै गएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरङ्कुश प्रवृत्ति राज्यमा हाबी भएको टिप्पणी गरेका हुन् ।

उनले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरिएको समेत दाबी गरे ।

वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे । उनले सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको बताए ।\

सम्बन्धित समाचार

ताजा न्यूज