बुध, कार्तिक १२, २०८३
22.1 C
Kathmandu

सन्दीप लामिछाने बने एसीसी प्रिमियर कपको उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज बनेका छन् ।

सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए । नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् ।

सन्दीपले बहराइन विरुद्ध ५ विकेट लिएका थिए भने, मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङ चाइनाविरुद्ध ४, ओमानविरुद्ध ३ तथा फाइनलमा युएईविरुद्ध १ विकेट लिएका थिए ।

फाइनलमा शतकीय पारी खेलेर नेपालको जितको आधार बनाएका ओपनर आसिफ सेख फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज