बिहि, कार्तिक १३, २०८३
16.1 C
Kathmandu

दीपककुमार साह बने नयाँ उद्योगमन्त्री, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । रास्वपा सांसद दिपककुमार साह नयाँ उद्योगमन्त्री बनेका छन् । उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि साहले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त उद्योगमन्त्री साहतले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको व्यवस्थापन गर्न नसकेकी गौरीकुमारी यादवले ग्यास उद्योगीलाई पाता नकस्दासम्म समस्या समाधान नहुने अभिव्यक्ति दिएकी थिइन् ।

त्यसपछि चौतर्फी आलोचना भएपछि उनले आजै राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएपछि रिक्त पदमा प्रधानमन्त्री बालेन शाहले सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रास्वपा सांसद समेत रहेका साहलाई उद्योगमन्त्रीमा सिफारिस गरेका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज