बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

मुसलधारे वर्षाको सम्भावना, कोशी, बागमती र गण्डकीका २३ जिल्लामा रेडअलर्ट

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आएसँगै सक्रिय बनेको वर्षा गराउने प्रणालीले आज र भोलि मुसलधारे वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि भोलि बिहानसम्मको अवधिमा देशभर वर्षा हुनेछ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका थोरै तथा मधेश, बागमती र गण्डकीका तराईको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागको एक–दुई स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ ।

मुसलधारे वर्षाको सम्भावना देखिएपछि विभागले २३ जिल्लामा रेडअलर्ट जारी गरेको छ । बाढीपहिरोको अत्यधिक जोखिम भएका क्षेत्रमा विभागले रेडअलर्ट जारी गर्ने गरेको छ ।

वर्षापछि बाढीपहिरोका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य राजमार्ग ठप्प भएका छन् । कान्ति लोकपथ र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक पहिरोका कारण अवरुद्ध बनेका हुन् भने बिपी राजमार्ग र नारायणगढ–मुग्लिन–काठमाडौं सडकमा सम्भावित जोखिमका कारण सवारी आवागमनमा रोक लगाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज