बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

विश्वकपमा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो, शाकाको ह्याट्रिक, एमबाप्पेको कीर्तिमान

काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल गरेको थियो ।

पहिलो हाफमै चार गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल ग¥यो । दोस्रो हाफमा फ्रान्सले ४ गोल गरेको हो ।

फ्रान्सका कप्तान एमबाप्पेले दुई गोल गर्दै विश्व कीर्तिमान बनाएका छन् । विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा उनी परेका हुन् ।

एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् । यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । मेसीले २१ गोल गरेका थिए ।

जारी विश्वकपमा पनि मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पेले जारी विश्वकपमा १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज