बुध, कार्तिक ५, २०८३
16.1 C
Kathmandu

पेट्रोलमा प्रतिलिटर २० र डिजेल ३० रुपैयाँ घट्यो, हवाई इन्धन र खाना पकाउने ग्यासमा कति ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल तथा मट्टीतेलमा ३० भाउ घटाएको छ ।

हवाई इन्धनमा ४० रुपैयाँ प्रतिलिटर घटाएको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १ सय रुपैयाँ मूल्य घटाइएको छ ।

मूल्य घटेपछि पेट्रोल १ सय ९७, डिजेल तथा मट्टीतेल १ सय ९५ र आन्तरिक हवाई इन्धन २ सय २९ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ ।

मध्यपूर्वमा युद्धविरामको सहमतिसँगे अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि आयल नियमले मूल्य समायोजन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटे पनि नेपालमा भने अपेक्षित रुपमा मूल्य नघटेको सरोकारवालाहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा तत्कालै ह्वात्त बढाउने निगमले भारी गिरावट आउँदा भने थोरै घटाएको गुनासो उपभोक्ताको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज