मङ्ल, कार्तिक ४, २०८३
23.1 C
Kathmandu

फ्रान्स र नर्वे अन्तिम १६ मा, एमबाप्पेको कीर्तिमान, नर्वे अब ब्राजिलसँग भिड्ने

काठमाडौं । साविक उपविजेता फ्रान्स र नर्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

न्यूयोर्क न्यू जर्सी रंगशालामा आज बिहान सम्पन्न खेलमा स्वीडेनलाई ३–० गोलले हराउँदै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । खेलको ४५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।

जारी विश्वकपमा ४ खेलमा ६ गोल गरिसकेका एमबाप्पे यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै सर्वाधिक ६ गोल गर्ने सूचीमा अगाडि छन् ।

यसैबीच, विश्वकप फुटबल २०२६ को अन्तिम ३२ को रोमाञ्चक खेलमा एर्लिंग हालान्डले खेलको अन्तिम समयमा गोल गरेपछि नर्वेले आइभोरी कोस्टलाई २–१ गोलले पराजित गरेको छ ।

यो जितसँगै नर्वेले अब अन्तिम १६ को भिडन्तमा ब्राजिलसँग खेल्नेछ । अमेरिकाको डालसमा भएको खेलको ८६ औं मिनेटमा हालान्डले निर्णायक गोल गरेका हुन् ।

त्यसअघि नर्वेका एन्टोनियो नुसा र आइभोरी कोस्टका अमाद डियालोले एक–एक उत्कृष्ट गोल गरेका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज