एजेन्सी । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले बेलायत र फ्रान्सले होर्मुज स्ट्रेटमा सैन्य बल तैनाथ गर्ने निर्णय गरेसँगै कडा चेतावनी दिएका छन् ।
बेलायत र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गरी होर्मुज स्ट्रेट ‘विश्व अर्थतन्त्रको जीवनरेखा’ भएको उल्लेख गर्दै सुरक्षित र निर्बाध जहाज आवतजावतका लागि सैन्य बल तैनाथ गर्ने बताएका थिए ।
उनीहरूले यो समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न ओमानलगायत क्षेत्रीय साझेदारसँग सहकार्य गर्ने पनि बताएका छन् । इरानका उपविदेशमन्त्रीले बेलायत र फ्रान्सको संयुक्त विज्ञप्ति एक्समा राख्दै होर्मुज स्ट्रेट क्षेत्र बाहिरका लागि सैन्य प्रदर्शनस्थल नभएको चेतावनी दिएका छन् ।
इरान एक जिम्मेवार शक्ति र स्ट्रेट सुरक्षाको ग्यारेन्टर हुनुको नाताले संवेदनशील जलमार्गमा हुने कुनै पनि सैन्य गतिविधिविरुद्ध उत्रने चेतावनी दिएका छन्् । होर्मुजको सुरक्षा तटीय देशहरूको जिम्मेवारी भएको पनि उनले बताएका छन् ।
