बिहि, कार्तिक ६, २०८३
25.1 C
Kathmandu

एमालेको आन्तरिक चुनावी विश्लेषण, प्रत्यक्ष सिट बढ्ने, समानुपातिक मत घट्ने

काठमाडौं । नेकपा एमालेको आन्तरिक विश्लेषणले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सो पार्टीको सिट बढ्ने र समानुपातिकतर्फ केही मत घट्ने देखाएको छ।

एमालेले २०७९ मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको थियो। यसपटक प्रत्यक्षमा सुधार हुने आफूहरुले गरेको सर्वेक्षणले देखाएको सो पार्टीका नेताहरुले बताएका छन्।

एमालेको निर्वाचन परिचालन कमिटी र आन्तरिक सर्वेक्षण टोलीले देशभरिका १६५ निर्वाचन क्षेत्रको अध्ययन गरेको थियो। सहरी क्षेत्र, सामाजिक सञ्जालले प्रभाव पार्ने ठाउँमा मत घट्ने आन्तरिक सर्वेले देखाएको छ। ग्रामीण क्षेत्रमा प्रभाव कायमै रहेको, कतिपय ठाउँमा माहोल बढिरहेको छ।

कोसी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा विगतको तुलनामा एमालेले उल्लेख्य रुपमा मत बढाउने उसको आन्तरिक प्रक्षेपण छ।

तर, मधेश र लुम्बिनी प्रदेशमा भने २०७९ को निर्वाचनको तुलनामा यसपटक सिट संख्या घट्न सक्ने एमालेको प्रारम्भिक अनुमान छ। गण्डकीमा परिस्थिति फेरबदल हुनसक्ने सर्वेले देखाएको नेताहरू बताउँछन्।

सम्बन्धित समाचार

ताजा न्यूज