शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

कांग्रेसले मधेशबाट चुनावी अभियान सुरु गर्ने, १६ माघमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी अभियान मधेश प्रदेशबाट औपचारिक रूपमा सुरु गर्ने भएको छ । १६ माघमा जनकपुरमा आयोजना हुने प्रदेशस्तरीय सभामार्फत कांग्रेसले चुनावी गतिविधिलाई तीव्र बनाउने तयारी गरेको हो।

जनकपुरको सभामा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ। सभालाई उनीहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कांग्रेसले उपसभापति शर्मालाई केन्द्रीय स्तरको चुनावी प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी समेत दिएको छ।

जनकपुरमा हुने सभाको समन्वय केन्द्रीय तहबाट उपसभापति शर्माले गर्नेछन् भने प्रदेशस्तरको तयारीका लागि मधेश प्रदेश समितिको बैठक शनिबार बस्ने तयारी भइरहेको छ।

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। यस पटकको निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले मधेश प्रदेशलाई केन्द्रमा राखेर आफ्ना गतिविधि विस्तार गरिरहेका छन्।

यसअघि जनकपुरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी सभा आयोजना गरिसकेको छ ।

 

सम्बन्धित समाचार

ताजा न्यूज