सोम, कार्तिक १०, २०८३
22.1 C
Kathmandu

राज्य एकीकरणमा पूर्वजको योगदान महत्वपूर्ण रहेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ससाना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न पूर्वजहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पृथ्वीनारायण शाहले ससाना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको बताएका छन् ।

पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको राष्ट्रपति पौडेलले बताएका छन् ।

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज