बिहि, कार्तिक १३, २०८३
16.1 C
Kathmandu

एमालेको निर्वाचन परिचालन कमिटीमा बादल संयोजक, रिमाललाई सचिवको जिम्मा

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । एमाले सचिवालय बैठकले बादलको संयोजकत्वमा निर्वाचन पलिचालन समिति गठन गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

समितिको सचिवमा पूर्वउपमहासचिव विष्णु रिमाल छन् ।

समितिमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की तथा रमेश बडाल, मीन बहादुर शाही र भीष्म अधिकारी सदस्य छन् ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ६ सदस्सीय घोषणापत्र मस्यौदा समिति गठन गरेको भट्टले जानकारी दिए ।

समितिमा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पूर्वउपमहासचिव विष्णु रिमाल सदस्य छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज