काठमाडौं । नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् ।
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् । वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यो अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन् ।
नेपालीहरू अध्ययन र श्रमका साथै पर्यटन तथा व्यवसायका लागि विदेश जाने गरेका छन् ।
सन् २०२५ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् ।
