मङ्ल, अशोज ६, २०८३
24.1 C
Kathmandu

हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष लामा किन परे पक्राउ ?

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार  लामा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको हो ।

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई सीआईबीले पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज