बिहि, अशोज ८, २०८३
19.1 C
Kathmandu

विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । विराटनगर किंग्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । योसँगै सुदूरपश्चिमले विराटनगरसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ । लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो।

अब विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाउनेछ । विराटनगरले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ । एलिमिनेटर खेलमा बुधवार तेस्रो स्थानको काठमाडौ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स खेल्नेछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज