मङ्ल, कार्तिक ११, २०८३
27.1 C
Kathmandu

दशैँको चहलपहल बढ्यो, टीकाको शुभसाइत कुन देशमा कति बजे ?

काठमाडौं । दशैँको चहलपहल बढेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले यस वर्ष नेपालसहित विभिन्न देशमा दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ । अन्तर्राष्ट्रिय पञ्चांग् निर्णायक समितिले नेपालसहित विभिन्न देशको उत्तम साइतबारे जानकारी गराएको हो ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११: ५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिक अनुसार, अक्टोबर २ मा भारतमा ११: ४९, अमेरिकामा अक्टोबर १ मा न्युयोर्कमा ११: २५, फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३ र क्यालिफोर्नियामा ११:११ रहेको छ । त्यस्तै क्यानडामा अक्टोबर १ मा टोरन्टोमा ११:५५ र भान्कुभरमा बिहान ११: ३३ मा रहेको छ । त्यसैगरी अष्ट्रेलियाको सिड्निमा अक्टोबर २ को बिहान ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।

२०८२ सालको दशैं असोज ६ गते घटस्थापना रहेको छ भने असोज १३ गते सोमबार फूलपाती रहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज