सोम, कार्तिक १०, २०८३
13.1 C
Kathmandu

सैनिक ब्यारेकबाट निस्किए ओली, भक्तपुरको गुन्डुमा सरे डेरा

काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नेताका निवासदेखि राज्यका सार्वजनिक संरचनामा आक्रमण हुन थालेपछि सेनाले बालुवाटारबाट उद्धार गरेर शिवपुरी ब्यारेक राखेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली १० दिनपछि बाहिरिएका छन् । सेनाले ब्यारेकबाट बाहिर निस्किन अनुमति दिएपछि ओली भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुस्थित डेरामा बस्न थालेका छन् ।

उनलाई एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको निवासनजिकै वडा कार्यालयछेउमा स्थानीय कार्यकर्ताको निवासमा राखिएको छ । बस्नेत बस्दै आएको घरमै ओलीलाई राखिएको हो । आफ्नो घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएपछि बस्नेत त्यहाँ सरेका थिए । अस्थायी निवाससँगै ओलीको बाहिरी घेराको सुरक्षा व्यवस्थापन बस्नेतले नै हेर्नेछन् ।

ओलीको बालकोटस्थित निजी निवास आगजनी र तोडफोडबाट ध्वस्त छ । सशस्त्र प्रहरी र स्थानीय क्लबमा आबद्ध युवाहरूले उनको निजी निवासको बाहिरी सुरक्षा हेरिरहेका छन् भने एउटा टोलीले सफाइ सुरु गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज