बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक, के हुन्छ विद्याको विषय ?

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा प्रतिवेदनबारे निर्णय गर्नेगरी भदौ १३ गते बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

तल्ला कमिटीहरूबाट संकलन भएको सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने एमालेको तयारी छ । भदौ १० गतेभित्र सुझाव संकलन गरिसक्नेगरी एमालेले डेडलाइन तोकेर अपानि १२ जारी गरेको थियो ।

उक्त अपानि बमोजिम प्रदेश, जिल्ला, जनसंगठन र विभागहरूमा सुझाव संकलन भइरहेको छ । प्राप्त सुझावहरु समेटेर दोस्रो विधान महाधिवेशनमा केन्द्रीय कमिटीबाट राजनीतिक, संगठनात्मक र विधान प्रतिवेदन प्रस्तुत हुने छ ।

एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता के हुने विषयमा चर्चामा छ । एमालेको गत केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपनि भण्डारीले राजनीतिक गतिविधि जारी राखेकी छिन् ।
उनले सम्पर्क कार्यालयसमेत सञ्चालनमा ल्याएकी छिन् । भण्डारीको पक्षमा तल्ला तहका नेता तथा कार्यकर्ता खुल्दै गएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज