बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

गाजा नियन्त्रणमा लिनेगरी इजरायलले थाल्यो आक्रमण

एजेन्सी । विश्वभरबाट आलोचना भइरहेका बेला इजरायली सेनाले गाजा शहर नियन्त्रणमा लिने योजनाका साथ हमला सुरु गरेको छ ।

गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिइसकेको इजरायली सेनाले दाबी गरेको छ । गाजा कब्जाको तयारी गर्नका लागि जैतुन र जबालिया क्षेत्रमा इजरायली सैनिक पहिल्यैदेखि तैनाथ छन् ।

यस सैन्य अभियानलाई रक्षामन्त्री इजरायल काट्जले मन्जुरी दिइसकेका छन् । प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट विरोध भइरहेको छ ।

तर, इजरायलले हमास लडाकुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने बताउदै आएको छ । हमासले इजरायलमाथि युद्ध विराम सम्झौता पालना नगरेको र निर्दोष नागरिक मारेको आरोप लगाउँदै आएको छ ।

७ अक्टोबर २०२३ मा हमास लडाकु गाजा क्षेत्रबाट घुसेर इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १२ सयको ज्यान गएको थियो । त्यसपछि युद्धको घोषणा गर्दै इजरायलले निरन्तर हमास र उसका समर्थकविरुद्ध सैन्य कारबाही जारी राखेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज