काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् ।
विभिन्न आपराधिक गतिविधिको आरोपमा अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा पाँच महिना बिताएका थापा साउन २२ गते एयर इन्डियाको उडान (एआई २११) मार्फत भारत हुँदै काठमाडौं फर्किएका हुन् ।
डिपोर्टपछि अध्यागमन विभागले उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । ब्युरोले प्रारम्भिक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ । रास्वपाका सभापति रवि लामिछानेका निकट थापा म्याग्दीका स्थायी बासिन्दा हुन् ।
उनले गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध न्युयोर्कमा कालो झण्डा देखाउने धम्की दिएका थिए ।
