सोम, कार्तिक १०, २०८३
25.1 C
Kathmandu

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा परम्परा तोडिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाने तयारी छ । भदौ १५ र १६ गते बेइजिङमा आयोजना हुने शांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिएर फर्किएपछि प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी गरिएको छ ।

सोही भ्रमणको तयारीबारे छलफल गर्न आगामी आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदैछन् । प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको ओलीको भारत भ्रमणमा विगतका केही परम्परा तोडिने सम्भावना छ ।

पहिलो त ओलीको भारत भ्रमण दुई दिनको मात्र हुने छ । नेपालका प्रधानमन्त्रीबाट भएको भारतको औपचारिक भ्रमणमध्ये सम्भवतः यो अहिलेसम्मकै छोटो हुनेछ ।

अर्को प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बोधगयामा भेटवार्ता गर्ने तयारी छ । बोधगया गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल हो ।

विगतमा भारतीय प्रधानमन्त्रीले नेपाली समकक्षीलाई नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता गर्ने परम्परा थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज