काठमाडौं । लामो समय नेपालभन्दा दक्षिणतर्फ रहेको मनसुनको न्यूनचापीय रेखा नजिक आउन थालेसँगै देशैभर वर्षा हुन थालेको छ ।
खासगरी पहाडी क्षेत्रमा दिनभर बादल लाग्ने र वर्षा हुने भइरहेको छ । खडेरी खेपिरहेको तराई मधेश क्षेत्रमा पनि वर्षा हुन थालेसँग राहत भएको छ ।
मौसम पूर्वामान महाशाखाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने बताएको छ । तीन दिनसम्म धेरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
