आइत, कार्तिक ९, २०८३
15.1 C
Kathmandu

जनार्दनलाई आत्मालोचना गर्न माओवादी नेताहरूको सुझाब

काठमाडौंँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । उनीहरूले आन्तरिक बैठकमा राख्नुपर्ने विषय सार्वजनिक कार्यक्रममा राखेको भन्दै उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न सुझाव पनि दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन विधि र प्रक्रियाको कडा पालना गर्नुपर्नेमा जोड दिएका हुन् । प्रवक्ता अग्नि सापकोटाका अनुसार संगठन निर्माण, विकास र विस्तारमा योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने, शुद्धीकरण र रूपान्तरणका विषयमा विशेष ध्यान दिनुपर्ने र नयाँ विचार संश्लेषण तथा वैचारिक बहसको थालनी गर्नुपर्ने सुझाव आएको छ ।

सापकोटाले बैठकमा सबै विषयमा खुला छलफल भएको र माओवादी पार्टी कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारे । उनले एकता, संघर्ष र रूपान्तरणको सिद्धान्तअनुसार पार्टी थप एकताबद्ध हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

ताजा न्यूज