काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका वार्ड न १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएको छ ।
रातिको समयमा पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ ।
धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको छ ।
बनेपा–नाला–भक्तपुर सडकखण्ड पुण्यमाता खोलामा बनेको पुल भाँचियो
